राष्ट्रपति पदका लागि नेवाङले मागे राप्रपाका अध्यक्षसँग मत
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।
नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित राप्रपा कार्यालयमा पुगेका थिए ।
भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनसँगै नेताहरु डा। प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत सहभागी थिए ।
