राष्ट्रिय सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ फाल्गुन १४, आईतवार ०८:५९
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार, आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् ।

साथै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।