सरकारले दिने आकस्मिक विदाका दिन बैंक तथा वित्तीय संस्था बन्द नहुने

तु खबर संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १५:४५
file-photo

काठमाडौं । सरकारले दिने आकस्मिक विदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नहुने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो ।

अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक विदाको सूचीबाहे्क नेपाल सरकारले आकस्मिक विदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

यस्तो विदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।