राष्ट्रपतिबारे छलफल गर्न राप्रपाद्वारा बैठक आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । राप्रपाले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरेको हो ।
बैठक शुक्रबार दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी आहवान गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, उक्त बैठकमा राष्ट्रपति निर्वाचन लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्नेछन् ।
