५७.७४ अंकले घट्यो शेयरबजार

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १६:२९

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजारमा गिरावट आएको छ । बुधबार ३३.५७ अंकले बढेको नेप्से परिसूचक आज ५७.७४ अंकको गिरावट आएको हो ।

बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ ।