प्रधानमन्त्रीद्वारा क्रिकेट खेलाडीलाई बधाई

तु खबर संवाददाता
२०७९ फाल्गुन ९, मंगलवार १८:१२
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले घरेलु मैदानमा स्कटल्याण्डलाई पराजित गर्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।

घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।