‘चाडपर्वले सामाजिक सद्भाव कायम राख्न मद्दत पुर्‍याउँछ’

तु खबर संवाददाता
२०७९ फाल्गुन ९, मंगलवार ०८:३८
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले नेपाली चाडपर्वहरुले आपसी भाईचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्‍याएको बताएका छन् ।

मंगलबार हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औं ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले जारी गरेको सन्देशमा भनिएको छ, ‘भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय,बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेका छन् ।’

चाडपर्वबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो बनाउँनु हामी सबैको दायित्व भएको भएको उनको भनाई छ । ‘यस्ता चाडपर्वका माध्यमबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनु हामी सबैको दायित्व हो ।’ शुभकामनामा भनिएको छ ।

प्रमुख शर्माले ग्याल्पो ल्होसारका अवसरमा देश तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई एवम् दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै यो पर्वले नयाँ उत्साह र उमंग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउँ पुगोस् भन्ने कामना समेत गरेका छन् ।