आज देशभरको मौसममा सुधार

तु खबर संवाददाता
२०७९ फाल्गुन २, मंगलवार १०:०१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भन राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुबैलाई आग्रह गरेको छ । महाशाखाले तत्काल वर्षाको सम्भावना नदेखिएको जनाएको छ ।