विवेकशील साझा पार्टीको महाधिवेशन आजबाट

तु खबर संवाददाता
२०७९ माघ २७, शुक्रबार ०९:०८
file-photo

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार, पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार, महाधिवेशन पछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ ।

शुक्रवारदेखि सुरु हुने महाधिवेशन शनिबारसम्म संचालन हुनेछ । महाधिवेशनमा देशभरबाट एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।