लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन आज

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार, मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।
सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिस्पर्धामा सहभागी छन् । चुनावी प्रतिस्पर्धामा सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य सहगाती छन् ।
तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।