मंगलबार शेयरबजारमा हरियाली छायो

तु खबर संवाददाता
२०७९ माघ २४, मंगलवार १५:५०
file-photo

काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज हरियाली छाएको छ । आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको छ ।

नेप्सेमा सूचीकृत २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा एकाएक उच्च अंकको सुधार देखिएसँगै आज कारोबार रकम समेत बढ्न पुगेको छ ।

यसअघि सोमबार नेप्से परिसूचक ४.५७ अंकले बढेर २१०० को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

साथै नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक लगानी सूचक ६.२५ प्रतिशत र फाइनान्स सूचक ५।९४ प्रतिशतले बढ्न पुगेको छ ।