सेती नदीमा हाम फालेका थापाको शव फेला

तु खबर संवाददाता
२०७९ माघ २४, मंगलवार ०८:३९
सांकेतिक तस्वीर

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–२ स्थित झननामा सेती नदीमा हाम फालेका युवकको शव फेला फेला परेको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–४ घर घएका २९ वर्षीय नरेश थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, थापाको शव गोताखोर टिमले निकालेको हो । माघ २० मा थापा सेतीमा हाम फालेका थिए । हाम फालेको स्थानबाट करिब ५० मिटर तल उनको शव फेला परेको हो । बेपत्ताको खोजीमा बैद्यनाथ बाहिनी मूख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर परिचालन गरिएको थियो ।