राष्ट्रपतिले संसदको दुबै बैठकलाई विशेष सम्बोधन गर्ने

तु खबर संवाददाता
२०७९ माघ २३, सोमबार ०९:०१
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् ।

उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।