आईतबार नेप्से परिसूचक झिनो अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन आईतबार शेयरबजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा पुगेर रोकिएको हो ।
नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, ब्यापार, र अन्य सूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज फाइनान्स उपसूचक १.६१ प्रतिशतले बढेको छ ।



