मकवानपुरका नेगी पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १८, बुधबार ०८:४४

मकवानपुर । लागूऔषध मुद्दाका फरार प्रतिवादी मकवानपुरका बुद्ध नेगी भन्ने जमिन लामा पक्राउ परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ घर भएका ३६ वर्षीय नेगी सोमबार पक्राउ परेका हुन् ।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–७ मनहरीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको जनाइएको छ ।