यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १८, बुधबार ०८:०३
सांकेतिक तस्बिर

धनगढी । कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्द रहेका छन् । उनलाई अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, लामो समयदेखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई पक्राउ गरिएको हो ।

अनाथालयमा आश्रित १४ वर्षीय र १६ वर्षीय बालिकामाथि शोषण गरेको उजुरी परेको थियो । पक्राउ परेका चन्दमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ ।