विवेकशीलको महाधिवेशन आयोजक सचिवालय समिति गठन
काठमाडौं । विवेकशील साझा पार्टीले महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । पार्टीले अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको हो ।
सदस्यहरुमा क्रमशः केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश भट्ट, उमेश भट्टराई, आशुतोष प्रधान,जिएस स्मिथ, रञ्जु दर्शना, समुन्द्र केसी,विमल तामाङ, प्रदीप थापा, मिलन पाण्डे, यमनारायण खनाल, रमण सुवेदी, सुरेन्द्र रानाभाट, धनेज थापा र शंकर वञ्जाडे रहेका छन् ।
एक जना सदस्य पछि मनोनयन गरिने सो पार्टीले जनाएको छ । सो पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन माघ २७ र २८ गते हुँदैछ ।
