कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । काठमाडौंबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ स्थायी वतन भएकी २७ वर्षीया सीता लामिछाने रहेको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माई चितवन साविक पिठुवा गाबिस–७ माधवपुरस्थित धानखेतको कुलोमा वेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको भन्ने कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाइएको छ ।
