ब्राउन सुगरसहित ३ जना पक्राउ
झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगरसहित आइतबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको बुद्धशान्ति गाउँपालिका–३ बस्ने २४ वर्षीय अजय तामाङ्, १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंशी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले प्रदेश १–०१–००२ ह ३५६ नम्वरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित फेला पक्राउ गरेको जनाएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
