पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ

तु खबर संवाददाता
२०७९ माघ ९, सोमबार १४:४९
सांकेतिक तस्बिर

काठमाडौं । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई बिराटनगर बसपार्कबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ मा आलम संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । स्पष्ट फिक्सिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पनि पक्राउ गर्ने ब्यूरोको तयारी छ । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ ।

प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । भारत घर भएका जतिनले काठमाडौं छाडेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।