भारतीय नक्कली नोटको कारोबार गरेको आशंकामा जिफन्टका सचिव पक्राउ

तु खबर संवाददाता
२०७९ माघ ८, आईतवार ०९:१६
सांकेतिक तस्बिर

काठमाडौं। भारतीय नक्कली नोटको कारोबार गरेको आशंकामा प्रहरीले ट्रेड युनियन महासंघ जिफन्टका सचिव तारानिधी पन्तलाई पक्राउ गरेको छ ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।