लागूऔषधसहित मकवानपुरका दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ ७, शनिबार ०८:३३

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित शुक्रबार राति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ८ दारिमबासबाट अन्दाजी २०/२१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानीय ४२ वर्षीय राजकुमार प्रजा र ४५ वर्षीय जितबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शुक्रबार राति १०ः २० बनेको समयमा शंका लागि चेकजाच गर्दा निजहरुले लुकाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।