कर्णालीका मुख्यमन्त्रीले लिए विश्वासको मत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत लिएका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा माओवादी केन्द्रको १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १/१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।
