सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा
काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ । एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो ।
अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए ।
उनका अनुसार, गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । सोही अनुसार नै अहिले एसपीको सरूवा भएको हो ।
