बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १, आईतवार १६:४१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले बर्दियाबाट बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ घर भएका धर्मराज जैसी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

फरार रहेका जैसीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७६ फागुन १२ मा १२ लाख ९९ हजार जरिवाना हुने फैसला गरेको थियो ।

जरिवाना तिर्न नसकेपछि बर्दिया जिल्ला अदालतको आदेशले जैसीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।