आज माघे संक्रान्ति, थारु समुदायको नयाँ वर्ष
मकवानपुर । आज माघे संक्रान्ति अर्थात् थारु समुदायको नयाँ वर्ष । आज विभिन्न किसिमका कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाउँदै छन् ।
थारु समुदायले माघ १ गते स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँने गरिन्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँने गरिन्छ ।
आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।
