लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
त्यस्तै, नेकपा माओवादी तर्फ बाँके निर्वाचन क्षेत्र नं. १ (१) निर्वाचित सांसद कृष्णा केसीले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको शपथ लिएकी छिन् ।
मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुुन उनलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो ।
त्यस्तै, नेकपा एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।
