आफ्नै श्रीमतीको हत्या गरेको आरापमा श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार १०:४४

झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–९ खरबन्दी डेरा गरी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएका ३५ वर्षीय बिश्वराज घिसिङ रहेका छन् ।

घिसिङलाई आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको आरोपमा मंगलबार साँझ पक्राउ गरेको हो ।

बिश्वराजले खाना नपकाएको कारण झै झगडा गरी आफ्नै श्रीमतीलाई लात्ती हान्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।