पेस्तोलसहित २ जना पक्राउ
धनगढी । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवा र गौरीगंगा नगरपालिका–४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायत रहेका छन् ।
उनीहरुलाई देउवाको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
