प्रदेश १ मा सभामुखको निर्वाचन आज

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार ०९:४९
file-photo

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ ।

एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार, सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्दैछ ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतम माओवादी जनयुद्ध लडेर आएका व्यक्ति हुन् ।