बागमती प्रदेशमा मन्त्रीपरिषद् गठन, थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा
मकवानपुर । बागमती प्रदेशमा तीन सदस्यीय मन्त्रीपरिषद् गठन गरिएको छ । मंगलबार मकवानपुर, २६ पुस (रासस) । बागमती प्रदेशमा आज बिहान तीन सदस्यी मन्त्रीपरिषद् गठन गरिएको हो ।
प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिस अनुसार, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले मन्त्रीमा नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरु क्रमशः थपलिया र थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण गरेसँगै मन्त्री थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिममेवारी पाएका छन् ।
मन्त्रालयले प्रदेश प्रमख शर्माले मुख्यमन्त्रीको सिफारिसमा नवनियुक्त मन्त्री थपलियालाई मुख्यमन्त्रीको सिफारिसमा मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
यस्तै, नवनियुक्त मन्त्री थापालाई भने हाल कुनै पनि मन्त्रालयको जिम्मा तोकिएको छैन । बाँकी सबै मन्त्रालय अर्को मन्त्रीपरिषद् विस्तार नभएसम्मको लागि मुख्यमन्त्री आफैले सम्हाल्ने भएको बागमती प्रदेश प्रमुख सचिवालयका प्रवक्ताप्रकाश चापागाईँले जानकारी दिए ।
नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ (क) बाट र बिना विभागीय मन्त्री थापा काठमाडांैं जिल्लाको क्षेत्र नं. ८ (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका हुन् ।
