लेनदेन बिगो मुद्दाका फरार अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २५, सोमबार १७:५६
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले लेनदेन बिगो मुद्दाका फरार अभियुक्तलाई त्रिपुरश्वरेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको नरान उपमहानगरपालिका–१७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–८ लामाटार बस्‍ने ४४ वर्षीय सञ्जीव भट्टराई रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

उनीलाई लेनदेन बिगो मुद्दामा २ वर्ष कैद र ४० लाख जरिवाना भएको फैसला तोकिएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।