टोखाबाट १० जना जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्कासहित १० जना रहेका छन् । उनीहरुलाई लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ लाख ७० हजार रुपैयाँ र ४ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
