एमाले मकवानपुरले निर्वाचनको समिक्षा गर्ने

तु खबर संवाददाता
२०७९ पुष २४, आईतवार १०:२२
file-photo

मकवानपुर । नेकपा एमाले मकवानपुरले निर्वाचनको विषय वडासम्म समिक्षा गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटीको नवौं बैठकले गत मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामको पालिका कमिटी र जनसंगठनको जिल्लासम्म र पालिका कमिटीले वडा कमिटी र जनसंगठनको पालिका कमिटीको बैठक राखी समिक्षा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागि नेता र सचिवालयका सदस्यहरूले पार्टी संगठन सुदृढ बनाउन कमिटीको कामलाई नियमित बनाउने र विशेष अभियान थाल्नु पर्नेमा जोड दिएका थिए ।

यसैगरी, बैकठले आगामी माघ १० गते एमालेको जिल्ला कमिटी बैठक बस्ने निर्णय समेत गरेको जिल्ला कमिटीका सचिव नवीन सिग्देलले जानकारी दिए ।