न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ पुष २२, शुक्रबार ०९:१९
file-photo

काठमाडौं । कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले जानकारी दिए ।

बिहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो । बिहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुन बैठक बस्न लागेको पाण्डेले बताए ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।