ब्राउन सुगरसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २१, बिहीबार १५:३८
सांकेतिक तस्बिर

झापा । प्रहरीले बुधबार साँझ झापाबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ८०० मिलिग्राम ब्राउन सुगरसहित झापाको दमक नगरपालिका वडा नम्वर १ श्रीपाली चोकबाट एक युवकलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा ईलाम फाकफोकथुम गाउँपालिका–४ घर भई हाल सोही नगरपालिका वडा नम्वर १ कुमाल चोक बस्ने ३९ वर्षीय धनराज आले रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।