आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ
सिरहा । आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा प्रहरीले उनकै बुहारीलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेका छन् ।
चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
