खैरो हेरोइनसहित कार्की र राई पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार १८:१५
सांकेतिक तस्बिर

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने सुजन कार्की र झापाको अर्जुनधारा नगरपालिका–३ घर भएका प्रदिप राई रहेका छन् ।

प्रहरीले गोकर्णेश्वरबाट पक्राउ परेका सुजनको साथबाट ६८ ग्राम खैरो हेरोइन बरामद गरेको छ भने सुजनको डेराबाट लागूऔषध तौलने २ थान तराजु बरामद गरेको छ । कार्कीको बयानका आधारमा झापाबाट प्रदिप राई पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।