जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार मोरङबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिक रहेका छन् ।
बिकलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
