विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा भण्डारी पक्राउ
काठमाडौं । कतार पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० सुगमटोल स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा नगरपालिका–१६ बस्ने ३२ वर्षीय हेमसागर भण्डारी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्ध नगर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
भण्डारीमाथि पटक–पटक गरी १ लाख ७२ हजार रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
