सोमबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १७:२८

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ ।

यस्तै, नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि आईतबार नेप्से १७.२६ अंकले बढेर २०४९.२९ अंकको विन्दुमा कायम भएको थियो भने ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, १३ इन्डेक्समध्ये आज उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य सूचक घटेको छ भने बाँकी सबै सूचकमा हरियाली छाएको छ ।