लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा
सिन्धुली । सिन्धुली प्रहरीले लागूऔषधसहित आईतबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको सुनकोशी गाउँपालिका–६ कानढुग्रेबाट नियन्त्रित लागूऔषध १०० एमएलको कोडिन फोस्फेट ४०० एमएल, नाइट्राजेपाम ४४ ट्याब्लेट र सम्पास्मो प्रोक्सभिन १४ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ बस्ने २२ वर्षीय धिरज ठाकुर र सोही नगरपालिका–९ बस्ने २६ वर्षीय सर्वन साह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८८८६ नम्वरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
