कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ बैशाखाबाट कटुवा पेस्तोल १ थान र गोली ७ राउण्डसहित प्रहरीले शनिबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत लखिमपुर थाना मितौली ग्राम मितौली पोष्ठ बस्ने ३१ वर्षीय राजु ईद्रीसी रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही भइरहेको जनाइएको छ ।
