माओवादी बागमती प्रदेश संसदीय दलको नेता आज चयन गरिँदै
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज चयन गर्ने भएको छ । काठमाडौं आनन्द भूमि इभेन्ट्स पार्टी प्यालेसमा दलको बिहान १० बजे बस्ने बैठकबाट दलको नेता चयन गर्ने भएको हो ।
दलका नेता हुन सांसद शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेल मुख्य दाबेदारको रुपमा देखिएका छन् । पार्टी पोलिटब्युरो सदस्य जमकट्टेल र प्रदेश अध्यक्ष पौडेलले आ–आफ्नो दाबी छोडेका छैनन् । दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएको छ ।
बागमती प्रदेशसभामा माओवादीबाट कुल २१ सांसद छन् । यसअघि २३ जना सांसद थिए ।
