माओवादी बागमती प्रदेश संसदीय दलको नेता भोलि चयन गर्ने
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता भोलि चयन गर्ने भएको छ ।
काठमाडौं आनन्द भूमि इभेन्ट्स पार्टी प्यालेसमा दलको भोलि बिहान १० बजे बोलाएको बैठकबाट दलको नेता चयन गर्ने सांसद गंगानारायण श्रेष्ठले जानकारी दिए ।
दलका नेता हुन सांसद शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेल मुख्य दाबेदारको रुपमा देखिएका छन् । पार्टी पोलिटब्युरो सदस्य जमकट्टेल र प्रदेश अध्यक्ष पौडेलले आ–आफ्नो दाबी छोडेका छैनन् । दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएको छ ।
बागमती प्रदेशसभामा माओवादीबाट कुल २१ सांसद छन् । यसअघि २३ जना सांसद थिए ।
