प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १७:३८

काठमाडौं । एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् ।

बिहीबार काठमाडौंमा भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।