बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १६:४९
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–६ बस्‍ने ४२ वर्षीय बद्री बोहोरा रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पेप्सीकोटाबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई पाटन उच्च अदालतले गत मंसिर १८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख ६० हजार जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत खगनखेल पठाइएको प्रहरीले जनाइएको छ ।