काठमाडौंबाट पक्राउ परे मकवानपुरका दुई युवक

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार ०९:२३

मकवानपुर । काठमाडौंको बौद्धबाट चोरी गरेको मोटरसाइकलसहित मंगलबार प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । काठमाडौं जोरपाटीबाट हराएको प्रदेश ३–०२–००९ प ४९ ०९ नम्बरको मोटरसाइकलमा नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले मकवानपुरका दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको झुरझुरे भई काठमाडौं जोरपाटी बस्ने २३ वर्षीय करण बोम्जन र बागमती गाँउपालिका–४ घर भई हाल काठमाडौं गोठाटार बस्ने २६ वर्षीय नविन लोप्चन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको जनाइएको छ ।