जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार ०८:५४

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साह ले दाबी गर्दै आएका छन् । उनीहरुबीच सहमति नजुटेकोले मतदानमार्फत नै दलको नेता छान्ने तयारी गरिएको हो ।