लागूऔषध कोरेक्ससहित एक जना पक्राउ
सिन्धुली । अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट सोमबार राति प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे रहेका छन् ।
घिमिरेलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका परेका घिमिरे मोटरसाइकलमा सवार थिए । उनीसँगै आएका मोटरसाइकल चालक भने हाल फरार रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
